नियम १६६
प्रशिक्षकलाई दिइने विशेष सुविधा
: प्रशिक्षण संस्थामा कार्यरत प्रहरी कर्मचारीको मनोबललाई उच्च बनाई राख्न स्वदेश तथा विदेशमा तालीम, संयुक्त राष्ट्रसंघीय मिसन पठाउने अवधि वा पटकको सीमामा छुट, प्रशिक्षण तथा प्रवचन भत्ता, अध्ययन बिदा वा अन्य थप सुविधाहरू उपलब्ध गराइनेछ । तर यस्तो तालीम केन्द्रमा कार्यरत रहँदा कारबाहीमा परेका प्रहरी कर्मचारीलाई यस्तो सुविधाबाट निश्चित समयसम्म बञ्चित गरिनेछ ।